top of page

asdfad

Search
  • Writer's pictureDr. Lov Raj Lohani

Juvenile Idiopathic Arthritis भनेको के हो ?

Updated: Jul 15, 2020




बाथरोग भनेको शरीरको जोर्नीलाई असर गर्नुका साथ-साथै मानव शरिरको जुनसुकै अङ्गलाई असर गर्ने रोग हो । बिभिन्न किसिमका बाथरोगहरु मध्ये कुनै-कुनै बाथरोगहरु भित्री अङ्गगाई मात्र असर गर्न किसिमका हुन्छन् । जसको पहिचान गर्न र लक्षणहरु देखिन समय लाग्न सक्दछ । सामान्यत बाथरोग लक्षणहरु शरीरको जोर्नीहरु बिना कारण दुख्ने सुनिने र साँझ-बिहान जोर्निहरु अररिने हुन्छन् । यस्ता लक्षणहरुलाई बेवास्ता गरेमा हाडजोर्नीहरु बाङगिनुका साथ-साथै भित्री अङ्गलाई असर पुर्‍याएर अपङ्गगता तथा मूत्युदर बढ्न सक्छ ।


तसर्थ कुनैपनि जोर्निको दुखाई भएमा वा भित्री अङ्गलाई बाथरोगले असर गरेको प्रमाणित भएमा बाथरोग बिशेषज्ञलाई नै देखाउन आवश्यक छ ।


जनमानसमा उमेर बढ्दै गएपछि मात्र बाथरोग लाग्दछ भन्ने धारण हुदै आएको छ तर बाथरोग जुनसुकै उमेरका मानिसलाई पनि लाग्नसक्छ । यसको उदाहरण Juvenile Idiopathic Arthritis - JIA (जुभेनाइल आईडियोप्याथिक आर्थराइटिस) हो JIA १६ बर्षमुनिका बच्चाहरुलाई लाग्ने बाथरोगहरुको नामकरण हो JIA मा विभिन्न प्रकारका बाथरोगहरु पर्दछन् ।


Oligoarticular JIA


यस प्रकारको बाथरोग प्रायजसो २ देखि ४ बर्षसम्मका बच्चाहरुमा देखा पर्दछ भने स्त्री लिङ्गगमा तिन गुना बढि असर गर्ने गर्दछ । यसका लक्षणहरु केहि जोर्नीहरु सुन्निे दुख्ने देखि लिएर थोरै समयमा धेरै जोर्नीहरुलाई असर पुर्याउछ । साथ-साथै बच्चाहरुको आँखामा असर गरेर अन्धोपना समेत निमत्याउन सक्छ ।

RF(+/-) Polyarticular JIA


यस प्रकारको बाथरोग प्राय १० देखि १३ बर्ष उमेरका बच्चाहरुमा देखिन्छ । पछि गएर गठ्ठी बाथको जस्तो लक्षण पनि देखिने गर्दछ ।यस प्रकारको बाथले सुरुवातमा नै धेरै जोर्नीहरुलाई असर गरेर जोर्नी बाङ्गीदै र बिग्रदै जाने गर्दछ ।


Psoriatic Arthritis


यो बाथरोगले बच्चाहरुको छालामा चाँयाजस्तो सेतो कत्ला एकै ठाउँबाट निस्कने, नङ्ग नराम्रोसँग पलाउने र हातगोडाका जुनसुकै जोर्नी बिगारने गरेको देखिन्छ । पछि गएर कम्मर र मेरुदण्डको जोर्नीमा पनि असर पार्दछ ।


Enthesitis Related Arthritis


यस प्रकारको बाथरोग वंशाणुगत सर्न सक्छ । जसका बिरामीहरुमा HLA B27 नामका जिन देखा पर्दछ । यस बिशेष खालको बाथरोगले बच्चाहरुमा कुप्रोपना, आखाँ रातो भएर धमिलोपना, आन्द्राको समस्या र छालासम्बन्धी समस्या देखिने गर्दछ । धेरै बर्षसम्म आखाँरातो हुने तर जोर्नीहरुमा असर नदेखिने हुँदा यो रोग को पहिचानमा ढिला हुने गरेको पाइन्छ, जसका कारण धेरै बिरामीहरुमा अन्धोपन निमत्याएको पाइन्छ ।


Systemic JIA


कुनै पनि बच्चाहरुमा जोर्नीहरु सुनिने ज्वरो आइरहने छालामा डाबरहरु आइरहने हुन्छ भने यस प्रकारको बाथ रोग भएको हुन सक्छ । जाँच गर्दै जाँदा भित्री अङ्गहरु जस्तै कलेजो, फियो सुनिने र शरीरमा गिर्खाहरु भेटिने गर्दछ ।




हाम्रो समाजमा बाथरोग सम्बन्धी प्रयाप्त जानकारी नभएको हुनाले उपयुक्त समयमा नै रोगको पहिचान नहुँदा उपचारमा समस्या देखा परेको पाइएको छ । जनमानमा हाडजोर्नी दुख्ने र रगतमा Uric Acid बढ्ने बित्तकै Uric Acid सम्बन्धी उपचार गराएको उदाहरण दिन प्रतिदिन बढदै गएको छ । त्यसैले बाथरोगको बारेमा सचेतना फैलाउनु अत्यान्तै जरुरी छ । कुनै पनि जोर्नीका दुखाई भएमा र भित्री अङ्गगलाई बाथरोगले असर गरेको प्रमाणित भएमा बाथरोग विशेषज्ञको परामर्श लिई समयमा नै सही उपचार गर्ने आवश्यक छ ।


184 views0 comments

Recent Posts

See All
bottom of page